
नारी वाटिका संवाददाता
रसुवा -१९ असोज ।
रसुवाको लाङटाङ ट्रेकिङ गएका १६ जना युवाहरु मध्ये ४ जना खोल्सा तरेर जाने क्रममा खोलाले वगाएर बेपता भएका छन ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार १६ जना युवाका टोलि असोज १७ गते लाङटाङ ट्रेकिङ जान हिडेका थिए र १८ गते शनिबार गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोला तर्ने क्रममा १६ जना मध्ये ८ जना लाई खोलाले वगाएर वेपता बनाएको थियो ।
१६ जना युवाको टोली गएकामा ८ जनालाई खोलाले बगाएको भएतापनि उनीहरुमध्ये ४ जना सम्पर्कमा आएका र ४ जना वेपता भएका हुन । रसुवा प्रहरीका अनुसार उनिहरू बेपत्ता भएको ठाउँ लाङटाङ जाने बाटो रहेको र उक्त वाटोमा खोल्सा रहेकाले अत्यधिक बर्षाका कारण सोही खोल्सा तर्ने क्रममा एकैचोटि सवै जना तर्न नमिलेका ले पालैपालो खोला तर्न खोज्दा उनी हरूलाई वगाएको हो।












प्रतिक्रिया दिनुहोस