आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

आज कोजाग्रत पूर्णिमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

२०८२ आश्विन २०, सोमबार मा प्रकाशित ( ४ महिना अघि) ५११६ पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ – २० असोज ।
वडादशैंको कोजाग्रत पुर्णिमा आज अर्थात् आश्विन शुक्ल पूर्णिमा । धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी यो पर्व मनाइँदैछ। तर आज (सोमबार) चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात् ११ बजेर २५ मिनेटसम्म रहेको छ। त्यसपछि भने कोजाग्रत पूर्णिमा तिथि सुरु हुनेछ।

साथै आजैको साँझमा पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश दिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोली(मंगलबार) बिहान ९ बजेर ३५ मिनेटसम्म कोजाग्रत पूर्णिमा तिथि बाँकी रहनेछ। यसैगरी विजयादशमीका दिनदेखी शुरु भएको टीका जमरा लगाउने क्रम पनि आजैबाट सम्पन्न हुँदैछ।

विजयादशमीदेखि चतुर्दशीसम्म पनि आफन्त तथा मान्यजनको आतबाट टीका लगाउन नभ्याएकाहरूलाई आज पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री विसर्जन गर्ने प्रचलन छ।आश्विन शुक्ल प्रतिपदाका दिन दशैँघरमा छरिएको जौको अङ्कुर (जमरा) कोजाग्रत पूर्णिमाका दिन बिहान विसर्जन गर्ने गरिन्छ।

ै यसका साथै आज कोजाग्रत पूर्णिमाको साँझ समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने विधान रहेको पाइन्छ। आजको रातभरि जाग्राम बसी लक्ष्मीको आराधना गर्नाले समृद्धि प्राप्त हुने मान्यता रहेको धार्मिक मान्यता छ ।

भगवान् श्रीकृष्णले शरद पूर्णिमाको दिनदेखि रासलीला गरेको पुराणमा उल्लेख छ। वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ। कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस