
नारी बाटिका
नारी वाटिका संवाददाता
उदयपुर -२२ असोज ।
जेन जी अन्दोलनका क्रममा कारागारहरुबाट फरार भएका कैदीहरु मध्ये एक जनालाई मंगलबार रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार ज्यान सम्बन्धी मुद्दामा सुनसरीको झुम्कास्थित कारागारमा २० वर्ष कैद सजाय भोगिरहेका त्रियुगा नगरपालिका वडा नं ८ का तुल बहादुर दनुवारको ३५ वर्षीया छोरा गम्भीर बहादुर दनुवारले झुण्डिएर आत्म हत्या गरेका हुन् ।
दनुवार सुनसरीको झुम्का कारागारमा कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद सजाय भोगिरहेका थिए । दनुवार मंगलबार त्रियुगा नपा ८ राजाबास आफ्नै घर नजिकै १०० मिटर पर सिशौको रुखमा झुण्डिएर मृत अवस्थामा भेटिएका थिए ।
अझै देशभरका कारागारबाट ६ हजारभन्दा बढी कैदीबन्दीहरु फरार अवस्थामा छन् । प्रहरीले सबै फरार रहेका कैदीबन्दीहरुलाई तिब्र रुपमा खोजी गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस