
बिवियु,नारी वाटिका संवाददाता
काठमाडौं -२२ असोज।
पछिल्लो समय नेपाली बजारमा सुनको मुल्य निरन्तर उकालो लागिरहेको छ ।
आज एक दिन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य २ लाख ३८ हजार रुपैयाँ पुगेको हो । जुन मंगलबारको तुलनामा २ हजा् छ सय रुपयाँ बढेर २ लाख ३८ हजार पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ उच्च विन्दुमा पुगेको बताईएको छ । सुनको पछिल्लो मुल्य प्रतिऔंस ४ हजार २५ डलरमा कारोबार भइरहेको छ । तर आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घट्दै २९५५ रुपैयाँमा कायम भएको छ ।












प्रतिक्रिया दिनुहोस