आज: २०८२ कार्तिक ३०, आईतबार | Sun, 16, Nov, 2025

हिमाचल प्रदेशमा ठुलो भूस्खलनबाट भएको दुर्घटनामा १५ जनाको मृत्यु

२०८२ आश्विन २२, बुधबार मा प्रकाशित ( १ महिना अघि) २६०५ पटक पढिएको
नारी बाटिका


तस्वीर: बिबिसी नेपाली समचार बाट साभार

एजेन्सी ।

भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा गएराति ठूलो भूस्खलनको भग्नावशेषमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार ठूलो भूस्खलनको भग्नावशेषमा बस ठोक्किँदा १५ जनाले ज्यान गुमाएका हुन्।

मंगलबार राति बिलासपुर जिल्लाको पहाडी भागमा उक्त दुर्घटना भएको हो। केही दिनदेखि भएको अविरल वर्षाका कारण पहाड खस्दा सो बस भग्नावशेषमा ठोक्किएको थियो । दुर्घटना भएको बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका थिए। मृतकमध्ये नौ जना पुरुष, चार जना महिला र दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ।

सोही राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार तीन जना घाइते बालबालिकालाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ। अन्य बेपत्ता यात्रुहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गत सोमबारदेखि हिमाचल प्रदेशमा लगातार वर्षा भइरहेको कारण सोही अविरल वर्षाले कमजोर बनाएको पहाडी भूभागहरूलाई अस्थिर बनाएको यस्तो घटना गराएको हो। घटना बारे भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख र शोक व्यक्त गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस