
नारी वाटिका संवाददाता
काठमाडौं २६ असोज
सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमका लागि एसियाली विकास बैंक (एडीबी)सँग १०० मिलियन अमेरिकी डलर ऋण लिने भएको छ ।
सरकारले उक्त बैंकसंग करिब १४ अर्ब २५ करोड रुपियाँ) सहुलियत ऋण लिने निर्(ाय भएको हो । मन्त्रिपरिषद् बैठकले ऋण लिनका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
सरकारले यो ऋण बजेटरी सहायताका रूपमा लिन लागिएको जनाएको छ । साथै यस कार्यैले सरकारको वित्तीय पारदर्शिता र सेवा प्रवाह प्रणाली सुदृढ गर्ने उद्देश्य लक्ष अनुसार यो ऋण लिन लागिएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस