आज: २०८२ आश्विन २७, सोमबार | Mon, 13, Oct, 2025

शिक्षक नियुक्तिमा साढे चारलाख घुस लिने प्रधानाध्यापक पक्राउ

२०८२ आश्विन २६, आईतबार मा प्रकाशित ( १ दिन अघि) २३८८ पटक पढिएको
नारी बाटिका


रौतहट- २६ असोज ।

रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादलाई घुससहित अख्तिायारले पक्राउ गरेको छ ।

अख्तियारको टोलिले दुई जनालाई रंगेहात पक्राउ गरेको हो। सञ्जय प्रसादले शिक्षक नियुक्तिमा घुस मागेको उजुरीपछि सुष्म अध्ययन गरी नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका–१३ स्थितमा संन्चालित होटलबाट उनीञलाई साढे चार लाख घुससहित शनिबार पक्राउ परेका हुन् । अख्तियारको अनुसार शिक्षक नियुक्तिका लागि उनी शिक्षकसग घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

निजले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत सो घुस रकम लिँदै गरेको अवस्थामा अख्तियारले रंगेहात पक्राउ गरेको जनाइएको छ । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस