
नारी बाटिका
रौतहट- २६ असोज ।
रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादलाई घुससहित अख्तिायारले पक्राउ गरेको छ ।
अख्तियारको टोलिले दुई जनालाई रंगेहात पक्राउ गरेको हो। सञ्जय प्रसादले शिक्षक नियुक्तिमा घुस मागेको उजुरीपछि सुष्म अध्ययन गरी नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ ।
वीरगन्ज महानगरपालिका–१३ स्थितमा संन्चालित होटलबाट उनीञलाई साढे चार लाख घुससहित शनिबार पक्राउ परेका हुन् । अख्तियारको अनुसार शिक्षक नियुक्तिका लागि उनी शिक्षकसग घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
निजले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत सो घुस रकम लिँदै गरेको अवस्थामा अख्तियारले रंगेहात पक्राउ गरेको जनाइएको छ । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।








प्रतिक्रिया दिनुहोस