आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

२०८२ आश्विन २६, आईतबार मा प्रकाशित ( ४ महिना अघि) ५३६४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२६ असोज

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरेको हो।

सुन तस्करी प्रकरणमा महरा संलग्न रहेको भन्ने सम्वन्धमा ब्युरोले अनुसन्धान गरिररहेको थियो। २०७९ मा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा महरा संलग्न रहेको आरोप लागेको छ।

यस्तै महराले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोगसमेत लागेको छ। महरालाई प्रहरीले संगठित अपराध कसुरमा पनि अभियोग लगाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस