
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -२८ असोज ।
भेपमा लुकाएर नेपाल भित्राईएको सुन बिमानस्थलबाट छुटाउन दवाब दिएपछी पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान मंगलबार सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा आज बिहान १० बजेदेखि शुरू भएको बयान महराको केही बेरअघि मात्रै सकिएको हो ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अब थुनछेक बहस भोलि बुधबार हुद्रछछ । उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।
उनीविरुद्ध संगठित अपराध तथा भन्सार ऐन अन्तरगतको कसुरमा पूरक अभियोगसहितको मुद्दा दायर भएको थियो । सो प्रकरणमा महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने वा धरौटी वा साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश थुनछेक बहसपछि हुनेछ ।
सोही प्रकरणमा महरीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ ।








प्रतिक्रिया दिनुहोस