आज: २०८३ अषाढ २९, सोमबार | Mon, 13, Jul, 2026

बझाङमा मध्यरातमा ४.९ म्याग्निच्यूडको भूकम्प गयो

२०८२ आश्विन २९, बुधबार मा प्रकाशित ( ९ महिना अघि) ८५८८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बझाङ -२९ असोज ।

बझाङमा गएराति १ बजेर ८ मिनेट जाँमा ४.९ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला केन्द्र भएर गएराति १ बजेर ८ मिनेटको समयमा ४.९ म्याग्निच्यूडको भूकम्प गएको हो।

मध्यरातको समयमा गएको भूकम्पले स्थानीय तथा सर्वसाधारणहरुमा त्रास छाएको थियो। साथै उक्त भूकम्पको धक्काले छिमेकी जिल्लाहरूमा पनि महशुस भएको थियो। यद्यपि यस भूकम्पको कारण उक्त क्षेत्रमा कुनै क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस