
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -३० असोज ।
नेपाली काँग्रेसभित्रका जेनजी समुहले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई संकलित हस्ताक्षर बुझाएका छन्।
विगत लामो समयदेखी पार्टीभित्र सभापति शेरवहादुर देउवाको निकै विरोध र सभापतिको पद हस्तान्तरणको माग राख्दै आईरहका कोईराला लगायतका समुहलाई गत भदौको जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिन निकै सहज भएको थियो ।
यता सभापति देउवाको जेनजी कै आक्रमण कै का।ण घाईते भई मानसिक रुपमा पनि निकै आघाध पुगेकोले उहाँले हाललाई कार्यवाहक सभापति समेत उपसभापति पूर्णबहादुर खड्कालाई दिईसक्नु भएको अवस्था छ ।
सुरुदेखी नै चर्को रुपमा यही माग राख्दै आएका ईतर समुहका महाधिवेशन प्रतिनिधिहरूले बुधवार अपराह्न पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित संकलित हस्ताक्षरसहितको निवेदन बुझाएका हुन्।
नियमित महाधिवेशनको प्रक्रिया नै शुरु नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाएको पार्टीका नेता गुरु घिमिरेले जानकारी दिएका छन्।
घिमिरेका अनुसार आफूहरूको उक्त कदम महाधिवेशन प्रतिनिधिको विशेषाधिकार र केन्द्रीय कार्य समितिको क्षेत्राधिकार भित्र रहेर अघि बढाएको पनि उनको भनाई छ।
उनले भने, ‘हाम्रो महाधिवेशन विधानले निर्धारण गरेको सीमाभित्र महाधिवेशनका प्रक्रिया हुने कुरालाई पनि यसले मार्ग प्रशस्त गरेको छ। यस्तै अर्को तर्फ विकल्पको रूपमा रहेको विशेष महाधिवेशन बोलाउन माग गर्न झन्डै ५३ प्रतिशतको संख्यामा हस्ताक्षर भएको छ। ती साथीहरूको भावनालाई प्रतिनिधित्व गर्दै आज पार्टीका कार्यवाहक सभापतिलाई यो आवेदन दिने निर्णय गरेका छौं।’
आगामी मंसिरभित्र पार्टीको नियमित महाधिवेशन गराउने कुरामा पार्टी पदाधिकारीबीच एकमत हुन नसकेपछि विशेष महाधिवेशन माग गर्नु परेको उनीहरूको भनाइ छ।







प्रतिक्रिया दिनुहोस