
नारी बाटिका
नारी वाटिका संवाददाता
जनकपुर- १ कार्तिक ।
जनकपुरको सोनारपट्टीस्थितमा सुन चाँदी व्यवशायीहरुले विना बिल मनलाग्दीमा सुन बिक्री गरेको भेटिएपछी प्रहरीले छापा मार्दा स्थिति तनावग्रस्त बनेको छ ।
सुन चाँदी पसलमा बिल(बिनाको मनलाग्दी रुपमा सुनचाँदी कारोबार भएकोे प्रहरीले जानकारी पाएपछी छापा मार्दा स्थित तनावपुर्ण भएको हो । उक्त क्षेत्रका केही सुन चाँदी पसलमा प्रहरीले छापा मार्ने क्रममा सुनचाँदी व्यवशायीहरूले अवरोध सिर्जना गरेपछि स्थिति तनावग्रस्त भएसंगै गोली समेत चलाउन परेको थियो ।
प्रहरीले छापा मार्ने क्रममा व्यापारीहरूले प्रहरीमाथि घेरा हालेर अवरोध गरेपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि हवाई फायर गरेका थिए । । यद्यपि, कति राउन्ड गोली चलाइएको हो भन्ने विषयमा विस्तृत विवरण बाहिरिएको छैन।
घटनापछि प्रहरीले त्यस क्षेत्रका केही पसलबाट केही सामान बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस