
नारी बाटिका
नारी वाटिका संवाददाता
चितवन -१ कार्तिक ।
चितवनको गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ स्थित गाइघाटमा आज बिहान ७ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।
मुग्लिङबाट नारायणगढतर्फ लागेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि आउँदै गरेको ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग २ ख १६२६ नम्बरको बस, त्यस पछाडि न..३ च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार एकआपसमा ठोक्किएका थिए ।
सोही दुर्घटनामा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।








प्रतिक्रिया दिनुहोस