आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

आज बिहान कुकुरतिहार, पूजा गरी मिठा खानेकुरा खुवाइँदैछ

२०८२ कार्तिक ३, सोमबार मा प्रकाशित ( ५ दिन अघि) १५५१ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ ३ कार्तिक ।

कुकुरपूजा

आज कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी मिठा खानेकुरा खुवाइँदैछ।

सनातन धर्ममा कुकुरलाई यमराजको दूतका रुपमा मानिएको छ। आज कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्र्दा मृत्यु गएका मानिसले यमलोक प्रवेश क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

घर पालुवा जनावर मध्यमा पनि घरको पालेको रुपमा भुमिका गर्ने मानिसका लागि उपयोगी जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने गरिएको हो।

कुकुरले आफ्नो मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाई संधै सतर्क बनाउने कुकरमा अनेकौं गुणहरु छन्। हरेक कुरा सुँघेर थाहा पाउन सक्ने कुकुरका उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा पनि कुकुर प्रयोग गरिन्छ।

घर वा समाजमा भएका अपराधी घटनाको पहिचान गर्न देखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएको छ। यिनै गुणका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्रीको भनाई छ।

चतुर्दशीको बिहान झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसेर अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधि पुराणमा उल्लेख छ। यो दिनलाई नरक चतुर्दशी वा ‘नर्के चतुर्दशी’ भनिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस