
नारी वाटिका संवाददाता
काठमाडौँ -५ कार्तिक ।
काठमाडौँको लीमा बुबाको खुकुरी प्रहारबाट छोरा बुहारी दुबैजना घाइते भएका छन्।
कागेश्वरी नगरपालिका–५ स्थित थलीमा ५३ वर्षीय विष्णु उप्रेतीले ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेपछी उनीहरु घाईते भएको प्रहरीले जनाएको छ। आफ्नै बुवाको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुबै श्रीमान श्रीमतीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
घरायसी विवादको कारण आज बिहान बुबा विष्णु उप््रतीले आफ्नै छोरा बुहारीमाथी खुकुरी प्रहार गर्दा छोराको पाखुरा, खुट्टा र बुहारीको औंलामा चोट लागेको छ। रूबिस र मनिता अमेरिकाबाट दशैँ मनाउन हालसालै आफ्नो घर नेपाल आएका थिए।












प्रतिक्रिया दिनुहोस