आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

मन्त्री पुनको प्रसाईंलाई चेतावनी, जथाभाबी नबोल्नु,घाटा आफैलाई हुनेछ

२०८२ कार्तिक ७, शुक्रबार मा प्रकाशित ( २0 घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -७ कार्तिक ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दुर्गा प्रसाईलाई जथाभावी नबोल्न चेतावनी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै मन्त्री पुनले भनेका छन्,बिनाप्रमाण जथाभावी नबोल्न प्रसाईँलाई चेतावनी देएिका हुन् । “ मन्त्री पुनले स्टाटसमा लेखेका छन् दुर्गा भाई, बिनाप्रमाण व्यक्तिहरूलाई दोषारोपण गर्दा भविष्यमा घाटा अरूलाई नभई आफूलाई नै हुनेछ।

उनले सामाजिक संन्जालमार्फत नै दुर्गा प्रसाईँको भनाईप्रति आपत्तिसमेत जनाउँदै भनेका छन् डा.सन्दुक रुइतजस्ता विश्व प्रसिद्ध आँखाका चिकित्सक र समाजसेवीलाई बदनाम गर्नु अनावश्यक र गलत हो।

दुर्गा भाईलाई सबैले चिन्नु पर्ने भएको छ।”दुर्गा प्रसाईले हालै डा. सन्दुक रुइतबारे दिएको विवादास्पद अभिव्यक्तिपछि मन्त्री पुनको टिप्पणी आएको हो।

दुर्गा भाई, यसरी नै मच्चिदै सयौं मनगढन्त दोषहरु विना ठोस प्रमाण स्वच्छ व्यक्तिहरुलाई लगायौ भने समयान्तरमा घाटा अरुलाई होइन तिमीलाई नै हुनेछ। डा. सन्दुक रुईत जस्तो विश्व प्रसिद्ध आँखाको डाक्टर र समाजसेवी व्यक्तिलाई दुर्गा भाईले चिनेकै रहेनछ भने अरु कुरा के जानेर बोल्यो होला। डा. सन्दुक रुईतलाई बदनाम गर्ने यो दुर्गा भाईलाई सबैले राम्रो संग चिन्नु होला। 🌹
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस