आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

गायिका नितु पौडेलको मृत्युका विषयमा बाबुल गिरीविरुद्ध प्रहरीमा उजुरी

२०८२ कार्तिक ७, शुक्रबार मा प्रकाशित ( ८ महिना अघि) ४७१३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -७ कार्तिक ।

गायिका नितु पौडेलको मृत्युका विषयमा गायक बाबुल गिरीविरुद्ध आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।

शुक्रबार दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी हुन् ।गायक बाबुल गिरीकै कार्यालयमा मृतक नितुको शरीरमा पेट्रोल खन्याएर जलेर गम्भीर घाईते अवस्थामा गत शनिबार अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा गायीका नितुको मृत्यु भएपछी गायक गिरीिविरुद्धमा आफन्तले जाहेरी दिएसँगै उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।कात्तिक १ गते दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (आज) बिहान ८ बजे नितुको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् गिरी आफैँ प्रहरी कार्यालयमा पुगेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस