आज: २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025

संगै बसेर रक्सी खाएकाबिचको विवादमा चक्कु प्रहार गरी एकजनाको हत्या

२०८२ कार्तिक ९, आईतबार मा प्रकाशित ( २ हफ्ता अघि) १७६८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

पर्वत -९ कार्तिक ।

्पर्वतमा संगै बसेर रक्सी खाने साथी साथीबिचमा विवाद बढ्दै जाँदा आफ्नै साथैको चक्कु प्रहारबाट एकजनाको हत्या भएको छ ।

सोही अभियोगमा कास्की प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनु भयो । सुचना अधिकारी बस्नेतका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोट घर भएका २४ वर्षीय किशोर तिमिल्सिनालाई पक्राउ गरिएको हो।

शनिवार बिहान करिब तीन बजेतिर पोखरा महानगरपालिका–५ चिल्ड्रेन पार्क नजिकै बस्ने ४५ वर्षीय अनिल पराजुली अचेत अवस्थामा भेटिएको सूचना प्रहरीले पाएपछी तत्काल वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएर मृतकको शव उद्धार गरेको थियो।

चक्कु प्रहारबाट पराजुलीको पिठ्यूँको बायाँ भागमा चोट लागेको र उनको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएपनि करिव २ घण्टापछी उनको मुत्यु भएको थियो।घटनाको प्रारम्भिक अनुसन्धानमा पोखरा महानगरपालिका–१८ सराङकोट घर भई पोखरा–५ मालेपाटन बस्ने तिमिल्सिना र मृतक पराजुलीबीच सामान्य वादविवादमा उक्त घटना घटेको हो।

उनीहरुले चिल्ड्रेन पार्क नजिकै एक होटलमा राति अबेरसम्म संगै बसेर मादक पदार्थ सेवन गरेका र त्यसैबिचमा उनीहरुबीच विवाद भएपछि चक्कु प्रहार गरी किशोरले अनिलको हत्या गरेको प्रहरी स्रोतले जनाएको छ। तिमिल्सिनालाई घटनामा प्रयोग भएको एक थान चक्कु सहित पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस