आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको चेतावनी–कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस्’

२०८२ कार्तिक ९, आईतबार मा प्रकाशित ( २ हफ्ता अघि) २७६० पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता
धादिङ ९ कार्तिक ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ। शर्मा गौतमले आईतबार पदभार ग्रहणपछी मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा बोल्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो।

मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उहाँले चेतावनी पनि दिनु भयो। मन्त्री गौतमले मन्त्रालय अन्तर्गतका शाखा तथा विभागहरूबाट प्रवाह हुने सेवामा नागरिकमैत्री बनाउन निर्देशन दिनु भयो।

मन्त्री गौतमले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिनु भयो। , ‘कुनैपनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्। आर्थिक एवं प्रशासनिक रुपमा कुनै पनि गलत काम गर्नु भएन। सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन्।

त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ। म सचिवको रुपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो। प्रशासनिक रुपमा जति गर्नुपथ्र्यो गरेँ। तर राजनीतिकस्तरको कुरालाई प्रशासनिक कुराले ह्याण्डल गर्न सक्दैन नि। त्यसकारण मैले अलग हुनु नै ठिक ठानेर राजीनामा गरेँ।’

पूर्वस्वास्थ्य सचिवसम्म भई सुधा गौतमले विगतमा सरकारी सेवामा रहँदा थुप्रै महत्वपुर्ण काम गर्नु भएको छ । गौतम तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सल्लाहकारको रुपमा समेत रहेर नागरिक सेवाका लागी निस्वार्थ र महत्वपुण काम गरी सक्नु भएकी उच्च चरित्रावान थाति राख्न सफल नारी हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस