आज: २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025

चितवनबाट लमजुङ जाँदै गरेको माइक्रो दुर्घटना, एक जनाको मृत्यु

२०८२ कार्तिक ११, मंगलबार मा प्रकाशित ( १ हफ्ता अघि) १३३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

तनहुँ -११ कार्तिक।

तनहुँको एक्लेफाँटमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पृथ्वीराजमार्ग सडक खण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ तनहुँको एक्लेफाँटमा आज दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ का ५५ वर्षीया बुधमाया तामाङ रहेकी छन्।

तामाङको टाउकोमा गम्भीर चोट लागेको थियो । आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र।०३–००१ ज ०९३७ नम्बरको माइक्रो बसमा १४ जना यात्रु सवार थिए।

चालकले नियन्त्रण गुमाउँदा उक्त माईक्रो सडकको भित्तामा ठोक्किएर सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा.१ञ १२८७ नम्बरको गाडीको पछाडि ठोक्किएर दुर्घटना भएको हो।

माइक्रो चालक लमजुङ बेँसीशहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, सोही स्थानका ३७ वर्षीय डोलराज तामाङ, सोही नगरपालिका–२८ लोखरी बस्ने ४८ वर्षीय कमई तामाङ घाईते भएका छन् ।

यसैगरी ऐ ऐ.स्थान बस्ने ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ४१ वर्षीया गममाया तामाङ, ३० वर्षीया मङ्गली तामाङ र निजकी ५ वर्षीया छोरी सिर्जना तामाङ घाइते भएका छन्।

त्यसैगरी लमजुङ दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, सोही गाउँपालिका–८ बस्ने ६३ वर्षीया मैतीमाया तामाङ र जिल्ला नवलपरासी पूर्व देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ घाइते भएका हुन् । सबै घाइतेको आँबुखैरेनी स्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस