आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

सुनको मूल्य लगातार घटेर तोलामा दुई लाख ३६हजार ३सय कायम

२०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ( १0 महिना अघि) ६३५६ पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ १२ कार्तिक ।

केही दिनअघि उच्च आकाशिएको सुनको भाउ पछिल्लो सातामा मूल्यमा निरन्तर घड्दै गएको अवस्था छ। अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेसँगै नेपाली बजारमा पनि यस सातामा सुनको मूल्य लगातार ओरालो लागेको हो।

गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० भएको थियो । विगत चार दिनदेखी वुधबारसम्म आईपुग्दा लगातार मुल्य घटेर प्रतितोला रु, दुई लाख ३६ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य भने बढेको पाईएको छ। आज मुल्य बढेर रु दुई हजार ९६५ पुगेको हो। ​

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस