आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

सरकार,राजनितिक दल र जेनजी समुहका बिचमा त्रिपक्षीय बैठक

२०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ३००८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -१२ कार्तिक ।

राष्ट्पति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशिला कार्कीको पहलमा आज बालुवाटारमा सरकार,राजनितिक दल र जेनजी समुहका बिचमा त्रिपक्षीय बैठक भैइरहेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठक बालुवाटार भित्र चलिरहँदा जेनजी आन्दोलनका केही घाइते युवाहरुले आफूहरू पनि उत्त बैठकमा सहभागी हुन पाउनु पर्ने माग राखी जेनजीका केही प्रतिनिधि बालुवाटार बाहिर धर्ना बसेका छन्।

बुधबार अपराह्नदेखि सरकार,राजनीति दल र जेनजी युवा पुस्ताहरुको प्रतिनिधिबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा हालको देशको समसामुहिक परिस्थिति,आगमी चुनाव लगायतका विषयमा छलफल भएको छ।

त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि सहभागी भएका छन् । तर, जेनजीकै २।३ वटा समुह भएका कारण अर्को एक समूह भने बैठकमा सहभागी हुन नपाएको भन्दै बालुवाटार बाहिर धर्ना बसेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस