आज: २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025

सुर्खेतमा आफ्नै छोराले फरुवा प्रहार गरि आमाको हत्या

२०८२ कार्तिक १४, शुक्रबार मा प्रकाशित ( १ हफ्ता अघि) २०७८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
सुर्खेत १४ कार्तिक।

सुर्खेतमा आफ्नै छोराले फरुवा प्रहार गरि आमाको हत्या गरेका छन् ।

आज बिहान अ.७ बजे तिर सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका १२, मसिनाटोलका अन्दाजी ३४ वर्षीय छोरा कबिराम बस्नेतले आफनै ५० वर्षीय आमा धनिकला बस्नेतलाई घरमा सुतिरहेको अवस्थामा टाउकोमा फरुवा प्रहार गरि घाइते बनाएका हुन् ।

गम्भीर घाइते भएकी आमा धनिकलाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्युु भएको हो । घटना लगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले मृतकका छोरा कबिरामलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रवक्ता बुढथापाले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस