आज: २०८२ कार्तिक १७, सोमबार | Mon, 03, Nov, 2025

एकीकृत समाजवादी फुट्यो, माओवादीमा पनि फुटको संघारमा

२०८२ कार्तिक १६, आईतबार मा प्रकाशित ( २२ घण्टा अघि) १४५८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं – १६ कार्तिक ।

२०७९ को निर्वाचन अगाडी एमालेबाट फुटेर गएका माधवकुमार नेपालको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी फेरी फुटेको छ । एकीकृतले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछी नेकपा एसमा विभाजन आएको हो । यसैगरी, नेकपा माओवादी केन्द्रमा पनि नेकपा एससंग एकता गर्ने निर्णयपछी पार्टी फुटको संघारमा पुगेको छ ।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका केही मुख्य नेताहरूले शनिवार छुट्टै भेला गरी माओवादी केन्द्रसंग एकता नगर्ने र बरु छुट्टै पार्टी बनाउने निर्णय गरेपछि  नेकपा एस फुटेको हो । स्थायी कमिटी सदस्यहरू विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसेन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामालगायतका नेताहरुले भने माओवादीसँग एकता नजाने र नयाँ पार्टीमा समाहित हुने धारणा राखेका हुन् ।

यता, शनिवार भएको माओवादी केन्द्रको सचिवालय बैठकमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेसँगै माओवादी केन्द्र पनि विभाजन हुनसक्ने देखिएको छ । केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शर्मामाथि अराजकता मच्चाएको आरोप लगाउनु भएको छ ।

संयोजक प्रचण्डले पार्टीले एकताका पक्षमा एकमतले निर्णय गरेको र शर्मा पनि अन्तिममा एकता प्रक्रियामा सहभागी हुने दाबी गर्नु भयो । यद्यपि, जनार्दन समूहबाट एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट सन्देश आएपछि माओवादीले अन्य दलसँग एकता गर्ने क्रममा आफ्नै पार्टीमा फुट आउने आएएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस