आज: २०८२ कार्तिक १७, सोमबार | Mon, 03, Nov, 2025

बल्ल जुट्यो सहमति,बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा

२०८२ कार्तिक १६, आईतबार मा प्रकाशित ( २१ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ – १६ कार्तिक ।

विगत केही समयदेखी रोक लगाउँदै आएको नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा बल्ल आज सहमति जुटेको छ ।

पछिल्लो समयमा काठमाडौं उपत्यकाको फोहर फाल्ने विषयमा स्थानीले वाधा गर्दै आएका थिए । तर आज बञ्चरेडाँडमै पुगेका शहरी विकासमन्त्री कुलमान घिसिङसँगको छलफलपछि फोहोर फाल्ने विषयमा सहमति जुटेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

आईतबार बञ्चरेडाँडाका स्थानीयले मन्त्री घिसिङसंग छलफल गर्दै यसअघि गरिएका सहमति १५ दिनभित्र घिसिङले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएपछि स्थानीयले उत्त स्थानमा फोहोर फाल्न दिन तयार भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस