
बिवियु,नारी वाटिका संवाददाता
धादिङ – १६ कार्तिक ।
विगत केही समयदेखी रोक लगाउँदै आएको नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा बल्ल आज सहमति जुटेको छ ।
पछिल्लो समयमा काठमाडौं उपत्यकाको फोहर फाल्ने विषयमा स्थानीले वाधा गर्दै आएका थिए । तर आज बञ्चरेडाँडमै पुगेका शहरी विकासमन्त्री कुलमान घिसिङसँगको छलफलपछि फोहोर फाल्ने विषयमा सहमति जुटेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
आईतबार बञ्चरेडाँडाका स्थानीयले मन्त्री घिसिङसंग छलफल गर्दै यसअघि गरिएका सहमति १५ दिनभित्र घिसिङले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएपछि स्थानीयले उत्त स्थानमा फोहोर फाल्न दिन तयार भएका हुन् ।












प्रतिक्रिया दिनुहोस