आज: २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025

४ करोड ८० लाख हिनामिना प्रकरणमा बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा

२०८२ कार्तिक १७, सोमबार मा प्रकाशित ( ६ दिन अघि) १२४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
सिन्धुपाल्चोक- १७ कार्तिक।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत लगायतले अस्पतालको ४ करोड ८० लाख रुपयाँ गायब पारेको भन्ने उजुरी परेपछी नगरपालिका कार्यलयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

मेयर बस्नेतलगायतले भोटेकोशी जलविद्युत् आयोजनालाई धम्क्याएर ५ करोड लिएको मध्ये ४ करोड ८० लाख रुपियाँ गायब पारेको आरोप लागेको छ । मेयर बस्नेतलगायतका समुहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाह्रबिसे नगरपालिकाको कार्यलयमामा आइतबार छापा मारी कागजातहरु नियन्त्रणमा लिएको हो ।

मेयर बस्नेतमाथी भोटेकोशी जलविद्युत् आयोजनालाई धम्काएर आफु कार्यरत बाह्रसबिसे नगरअस्पतालको लागी भन्दै १० करोड रुपियाँ लिने सहमति भएको थियो । ५ –५ करोड गरी दुई किस्तामा उक्त रकम लिने सहमति भएदअनुरूप उक्त आयोजनाले पहिलो किस्तामा ५ करोड नगरपालिकालाई दिएको थियो ।

तर अस्पताललाई दिएको ५ करोड मेयर बस्नेतले अन्यत्र खर्च गरी दुरुपयोग गरेको भन्दै अख्तियारमा पटक पटक उजुरी परेपछी अख्तियारको विशेष टोलीले आइतबार बाह्रबिसे नगरपालिकामा पुगी छापा मारेको हो ।

अख्तियारले अस्पताललाई भनेर ल्याइएको रकम कहाँ कहाँ खर्च भयो ? भनी नगरपालिकाका कर्मचारीहरूसँग सोधपुछ गर्दै त्यससम्बन्धी सबै कागजात नियन्त्रणमा लिएको थियो । कागजात नियन्त्रणमा लिएपछि अख्तियारले गरेको थप अनुसन्धानका क्रममा भोटेकोशीबाट प्राप्त भएको ५ करोडमध्ये २० लाख मात्रै अस्पतालमा पठाएर अन्य पैसा मेयर बस्नेतले आफूखुशी खर्च गरेको अख्तियारले जनाएको छ ।

उक्त रकम हात पार्नका लागी मेयर बस्नेतले नगरपालिका र मध्यभोटेकोशी कम्पनीबीच गत २०८१ साल भदौ २३ मा बाह्रबिसे नगर अस्पतालको स्तरवृद्धि गर्न भन्दै कम्पनीले १० करोड रुपियाँ नगरपालिकालाई उपलब्ध गराउने सम्झौता भएको थियो ।

सो सम्झौतामा नगरपालिकाका तर्फबाट मेयर बस्नेत र भोटेकोशी कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्रलगायतले हस्ताक्षर गरेका छन् । यसैगरी सम्झौतामा आयोजना प्रभावित ३ र ४ नं वडा कार्यलयलाई समेत ५०–५० लाख दिने निर्णय पनि भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस