
नारी वाटिका संवाददाता
धादिङ- १९ कार्तिक।
पछिल्लो समयमा बजारमा सुनको मूल्यमा केही गिरावट हुंदै गएको छ। आज सुनको मुल्य प्रतितोला रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुन प्रतितोला रू दुई लाख ३७ हजार २ सयमा मुल्य कायम भएको छ । साथै चाँदी प्रतितोला रू दुई हजार ९९० मा कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर अनुसारमा कारोबार भइरहेको महासंघले जनाएको छ।












प्रतिक्रिया दिनुहोस