
नारी वाटिका संवाददाता
धादिङ २० कार्तिक ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। यसको प्रभावले आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
बिहिबार दिउँसो पहाडी भूभागमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। आज कोशी गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस