आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

म एकतामा बल पुर्‍याउन आएको हुँ”, झलनाथ खनाल

२०८२ कार्तिक २०, बिहिबार मा प्रकाशित ( १ हफ्ता अघि) १४५८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं- २० कार्तिक ।

मंगलबारसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीसंग एमालेमा फर्कने संकेत दिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल माधव नेपाल कै साथमा १० पार्टीको एकता  भएको नयाँ पाटीमा जानु भएको छ ।

बुधबार भृकुटीमण्डपमा भएको पार्टी एकता सभामा बोल्दै खनालले आफु नया पार्टीको सम्मेलनमा बल पुर्‍याउनका लागीे सहभागी भएको बताउनु भएको हो।
नेता खनाल केही समय ढिला गरी उक्त सम्मेलनमा पुग्नु भएको कारण प्रचण्डलाई भनिसकेको बताउनु भयो । ‘केही रिजर्भेसन भए पनि एकतामा बल पुर्‍याउन आएको हुँ,’ उनले भने, ‘नयाँ संकल्प लिएर अगाडि बढ्नु पर्छ ।’

खनालले सम्पूर्ण वामपन्थी शक्तिहरू एकजुट भएर देशलाई जिताउनु पर्ने भनाइ थियो । उनले कम्युनिस्ट पार्टीभित्रको खराब पक्ष उखेलेर फ्याँक्नु पर्ने आवश्यकता भएको बताए । उनले आफ्ना गल्ती कमजोरी हटाउनु पर्ने र आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

‘हिजो भएका गल्ती कमजोरीलाई सच्याइएन भने फेरि हिजोकै अवस्था आउँछ’, खनालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस