आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

३८ वटा करदाता सेवा केन्द्र खारेजीबारे विभागको स्पष्टीकरण

२०८२ कार्तिक २०, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -२० कार्तिक ।

आन्तरिक राजस्व विभागले हालै करदाता सेवा कार्यालयहरू खारेज गरिएको विषयमा स्पष्टीकरणसहित विज्ञप्ति जारी गरेको छ।

वैकल्पिक व्यवस्था सहित सेवा कार्यलयबाट उपलव्ध गराउँदै आएको स्थायी लेखा नम्बर पान (PAN) नम्वरको प्रमाणपत्र र अन्य सेवाहरू अब स्थानीय तहमार्फत नै उपलब्ध हुने व्यवस्था मिलाइएको हो।

तर स्थानीय तहबाट प्रभाह हुने यस सेवा सञ्चालन हुन भने केही समय लाग्न सक्ने भएकाले विभागले वैकल्पिक व्यवस्था समेत गरेको जनाएको छ। साथै उक्त सेवा स्थानीय तहबाट सुरु नहुँदासम्म सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत सेवा उपलब्ध गराइने भएको छ।

यस बाहेक, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र लगायतका मुख्य सेवा भने अनलाइन प्रणाली मार्फत निरन्तर प्रदान भइरहेको विभागले स्पष्ट पारेको छ। विभागले सेवा प्रवाहलाई विकेन्द्रीकरण गर्दै करदाताको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।

देशका सातै प्रदेश तथा जिल्लाहरुमा हालसम्म संन्चालित ३८ वटा करदाता सेवा कार्यालय रहेका छन्, जसलाई सरकारले खारेज गर्ने निर्णय गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस