
नारी वाटिका संवाददाता
धादिङ -२१ कार्तिक ।
हाल देशभर खासै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तर कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा भने हल्का वर्षासहितको हिमपात हुने सम्भावना छ ।
यस्तै आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस