
नारी वाटिका संवाददाता
बागलुङ – २२ कार्तिक ।
बागलुङमा भएको पिकअप जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। साथै दुर्घटनामा अन्य चारजना समेत घाइते भएका छन्।
बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप ढोरपाटन नगरपालिकाङ ८ र ९ को सिमाना च्वावीरमा शुक्रबार अपराह्न दुर्घटना भएको थियो।दुर्घटनामा ढोरपाटन( ७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो।
यसका साथै घाइते भएकाहरु मध्ये पनि एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारका लागी स्थानीय र नेपाल प्रहरीको सहयोगमा बुर्तिबाङ अस्पतालमा पठाएको छ ।












प्रतिक्रिया दिनुहोस