आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

घुसखोरी र पार्टीगत कमिसनको सञ्जाल अब सह्य नहुने प्रधानमन्त्रीको चेतावनी

२०८२ कार्तिक २२, शनिबार मा प्रकाशित ( ३ महिना अघि) २८८४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२२ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको खेल खेल्ने सञ्जाल अब सह्य नहुने चेतावनी दिनु भएको छ।

आज काठमाडौँमा आयोजित राष्ट्रिय बृहत आर्थिक बहस २०लाई सम्बोधन गर्नु हुंदै प्रधानमन्त्री कार्कीले यो चेतावनी दिनु भएको हो । उहाँले लोकतन्त्रको नाममा अब लुटतन्त्र सह्य नहुने बताउनु भयो।

प्रधानमन्त्री कार्कीले इमान्दार उद्यमीलाई प्रताडित पार्ने गरी नीतिगत चलखेल गर्नेहरु पोसिने अवस्था अब नरहने पनि स्पष्ट पार्नु भएको छ । देशमा जेनजी आन्दोलनको पृष्ठभूमिमा केही उश्रृंखल समूहहरुले राज्यविहिनताको फाइदा उठाउँदै व्यापारिक क्षेत्र र व्यवशायीहरुमाथी गरिएको आक्रमण स्वीकार्य नहुने पनि स्पष्ट पार्नु भयो

उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत,सहयोग पु¥याउँदै आत्मविश्वास बढाउन सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन म्याण्डेट दिएको बताउँदै नेपाल अब एक पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने र अब आम युवा, आम नेपालीले अग्रगामी दिशामा देशलाई लिएर जानु बाहेकको विकल्प नभएको बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस