
नारी बाटिका
बिवियु,नारी वाटिका संवाददाता
धादिङ -२४ कार्तिक ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ माझटारमा बोलेरो गाडीले ठक्कर दिएर एकजनाको मृत्यु भएको छ ।
आइतबार साँझ करिव ६ बजेको समयमा काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१ ०२७ च( ०३४० नं.को बोलेरो गाडीले ठक्कर दिँदा सोही स्थान बस्ने एक जनाको वृद्धको मृत्यु भएको हो ।
उक्त बोलेरो गाडीको ठक्करबाट स्थानिय ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एव.् प्रहरी उपरीक्षक प्रकाश दहालले जानकारी दिनु भयो ।
यससंगै ठक्कर दिएर बोलेरो गाडी भागेपछी गाडी तिब्रगतिमा रहेकोले बेल्खु पुलमा पुगेर बोलेर आफै दुर्घटनामा परेको थियो । यता गाडी दुर्घटना पछि आक्रोशित भएका स्थानीय भिडले पृथ्वीराजमार्ग अवरुद्ध पारेपनि केही समयपछी राजमार्गको अवरोध हटेको थियो ।








प्रतिक्रिया दिनुहोस