
नारी बाटिका
बवियु,नारी वाटिका संवाददाता
काठमाडौ- २५ कार्तिक ।
नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले राजनीतिक दल गठन गरेका छन्। महिला र अपाङ्गता भएका व्यक्तिहरूको समेत सहभागितामा गठन गरिएको नयाँ दलको नाम समावेशी समाजवादी पार्टी रहेको छ।
महिला र अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा पहुँच पुर्याउने भन्दै देशभरका करिव ५ सय सदस्यको सहभागितामा उक्त पार्टीको नयाँ दलको गठन गरिएको हो।
उक्त नयाँ दलको नाम समावेशी समाजवादी पार्टी राखिएको छ। पार्टीको चुनाव चिह्न ‘बज्र’झण्डामा निलो त्रिकोणको बीचमा सेतो कमलको फूल अङ्कित छ।
त्यसैगरी उक्त पार्टीको संयोजकमा अध्यक्ष नुमा लिम्बु ‘चञ्चला’, उपाध्यक्ष रोजी पुन, महासचिव मनिन्द्रसिंह दनुवार, सचिव सन्ध्या लामा, कोषाध्यक्ष लासाङ दोर्जे बल र सल्लाहकारमा संविधानसभा सदस्य सुनिलबाबु पन्त रहेका छन्।
पार्टीले घोषणापत्र साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता’ शीर्षकमा सार्वजनिक गरेको छ। साथै यस पार्टीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेको छ।








प्रतिक्रिया दिनुहोस