
नारी वाटिका संवाददाता
काठमाडौं -२८ कार्तिक।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजीतथा गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
बिहिबार तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले उनीहरुको मुद्दाको सक्कल मिसिल झिकाउन आदेश जारी गरेको हो।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोग लागेका लामिछाने र जोशी हाल दुवै थुनामा छन्। अदालतले उनीहरूको फेरि थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो।
कात्तिक २० गतेको इजलासले ‘सुरु गरेको मिसिल’ माग गर्ने आदेश दिएको थियो। बिहिबार फेरि थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो।












प्रतिक्रिया दिनुहोस