आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

महाधिवेशन विवादको टुंगो लगाउन कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै

२०८२ कार्तिक २८, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बवियु,नारी वाटिका संवाददाता गर्न ।

धादिङ -२८ कार्तिक ।

नेपाली काँग्रेसमा १५ औं महाधिवेशन बारे सहमति जुट्न नसक्दा नेतृत्वहरुबिच विवादै विवाद जारी छ । शिर्ष नेताहरुबिच यस बारेका कुनै टूंगो लगाउन नसकेको अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।

बैठक आज दिउँसो एक बजे ललितपुरमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो । चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा शिर्ष नेताहरुबिचको छलफलबाट सहमति जुटाउन बैठक बस्न लागेको हो।

गत भदौ २३,२४ को जेनजी आन्दोलनपछी सुरु भएको देशका सवै राजनितिक दलहरुमा युवा नेतृत्वको चरम रुपमा आवाज उठिरहँदा यस विषयले नेपाली काँग्रेसमा त झनै स्थान ओगटेको अवस्था छ । २८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नु पर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित भएका छन्।

उक्त घलफलमा हिजो बोल्ने क्रम सकिए पनि निर्णय लिन दुई दिन बैठक स्थगित गरिएको थियो। महामन्त्री गगन थापाले हिजो विशेष महाधिवेशनका लागि मंसिर २७ गतेको मिति प्रस्ताव गर्नु भएको थियो।

त्यसैगरी अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नु पर्ने विधानतः बाध्यता रहेको धारणा राखेका थिए।

बैठकमा सहभागी विशेष महाधिवेशन पक्षधरहरुले युवा भेला आह्वान गरेका छन्। आजै दिउँसो साढे १२ बजे बानेश्वारको एक बैंक्वेटमा भेला आयोजना गरिएको एक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विशेष महाधिवेशनको लागी ५४ प्रतिशत हस्ताक्षर संकलन भइसकेकाले त्यसै अनुसार अघि बढ्न दबाब दिइनेछ।

यसअघि पनि हस्ताक्षर संकलनकर्ता पक्षधरले यसबारे केन्द्रीय कार्यसमितिमा पर्याप्त छलफल नभएको भन्दै तिब्र रुपमा दबाब दिँदै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस