आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभर एमालेको विरोध प्रदर्शन

२०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित ( १ हफ्ता अघि) २४५० पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ ३० कार्तिक ।
जेनजी आन्दोलन पछीको विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै नेकपा (एमाले)ले देशैभर नै प्रदर्शन गरेको छ।

मुलुकमा गत भदौ २३ रु २४ मा भएको जेनजी पुस्ताको आन्दोलनले मुख्य देशका ठुला दलहरुमा राजनितिक हलचल भईरहेको छ । पद पुस्तानतरणको लागी तर एमालेमा भने संसद बिघटन बिरुद्धको मुद्धाले मुख्य स्थान पाएको हो ।

जस अनुरुप एमालेले शनिबार देशभरका जिल्ला तथा बिभिन्न शहरमा विरोध प्रदर्शन र जनसभाको आयोजना गरिएको थियो। यसैक्रममा नेकपा एमाले रुपन्देहीले बुटवलमा बृहत जनप्रदर्शन र सभा भएको छ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रम तालिका अनुसार शनिबार देशभरका जिल्लास्तरमा जनसभा गरेको बताए। जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

भदौ २३ र २४ मा ‘जेन(जी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधि सभा पुनःस्थापना लगायतका माग राख्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस