आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

मध्यरातमा आफुनै घरबाट दुर्गा प्रसाईँ पक्राउ परे

२०८२ मंसिर २, मंगलबार मा प्रकाशित ( २ महिना अघि) २६६७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ २ मंसिर।

पटक पटक विवादमा पर्दै आईरहेका सामाजिक अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन्। शोमबार भक्तपुरस्थित उनकै घरबाट गएराति मध्यरातमा प्रहरीले पक्राउ गरेको हो।

प्रसाईँमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको जनाएको छ। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएकाले उनलाई मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको हो। ​प्रसाईँलाई प्रहरीले भद्रकाली लगेको उनको सचिवालयले जानकारी दिएको छ।

प्रसाईंले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिनु पर्ने लगायतका आफु अनुकुल माग राख्दै मंसिर ७ गते आन्दोलनको तयारी गर्दै थिए। उनले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यसलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि पनि उनी पटक पटक पक्राउ परी सकेका र पछिल्लो पटकपनि चैत १५ मा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि केही दिनअघि मात्रै उनी छुटेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस