
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२ मंसिर ।
राहदानी बनाइदिने भनी ठगी गरेको अभियोगमा धादिङका विरेन्द्र थापा मगर सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका(२ घर भई काठमाडौं महानगरपालिका(३ बस्ने ३६ वर्षीय विरेन्द्र थापा मगर रहेका छन् ।
मगर संगै पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका(१ घर भई काठमाडौं महानगरपालिका(२६ बस्ने ३२ वर्षीय भाग्य नारायण साह, र काठमाडौं महानगरपालिका(२८ बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका(५ घर भएका ४३ वर्षीय मिक्टे लामा रहेको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्धमा सेवाग्राहीलाई राहदानी छिटो छरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई रकम अशुली गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस