आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

मुख्यसच्व एकनारायण अर्याल संग आयोगले लियो बयान

२०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित ( ९ महिना अघि) ६३५६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ  ५ कार्तिक । 

गत भगौड़ा २३-२४ को जेनजी आन्दोलनमा भएका ७२ जनाको  ज्यान जाने घटना सम्वन्धमा जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ।

बिहिबार आयोगको कार्यालयमा बोलाई सचिव अर्यालसँग बयान लिइएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

उत्त आन्दोलनका क्रममा भएको सरकारी दमन तथा घटना बारे विस्तृत  रुपमा  केन्द्रित रही  बयान लिइएको हो।

सचिव अर्यालको सेवा हद सकिएका कारण उहाँ यही साता आवकाश हुन लाग्नु भएको छ । उहाँ पदमा रहँदै बयान लिइएको आयोगले जनाएको छ।

अवकाशपछि बयान लिँदा सकारात्मक सन्देश नजाने भएकाले पनि  पदमा रहंदै  उहाँ संग नै लिइएको बताइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस