
नारी बाटिका
नारी वाटिका संवाददाता टेवा नेपाल
काठमाडौ ७ मंसिर ।
बैंक तथा लघुवित्तबाट लिएको ऋण मिनहा हुनु पर्छ भन्दै आन्दोलन गर्दै हिडेका दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रसाईंविरुद्धमा उक्त रिट सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको थियो।
यसअघि पनि प्रसाईं विरुद्धमा परेको न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उनलाई पक्राउ गरेको कारणसहित अदालतसमक्ष उपस्थित गराउन आदेश दिएको थियो।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागी प्रहरीले मङ्सिर १ मा प्रसाईंलाई भक्तपुर ठिमीस्थित उन कै निवासबाट पक्राउ गरेको हो। आज( मङ्सिर) ७ देखि आन्दोलन गर्ने देशव्यापी रुपमा यातायात ठप्प पार्ने चेतावनी दिएका थिए
साथै प्रसाईंका समुहले हाल भैइहेको एनपीएल खेल रोक्नसमेत क्यानका अधिकारीलाई दबाब दिएको अभिव्यक्ति दिईँदै आएका थिए।








प्रतिक्रिया दिनुहोस