आज: २०८२ मंसिर ८, सोमबार | Mon, 24, Nov, 2025

अर्याल अवकाशमा जाने भएकोले सुमनराज अर्याल मुख्य सचिवमा नियुक्त

२०८२ मंसिर ८, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ ८ मंसिर ।

नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनु भएको छ । शोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही मंसिर ९ (भोलि)बाट अनिवार्य अवकाशमा जाने भएकोले सरकारले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो।

साथै आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेसंगै एकनारायण अर्याललाई विदाई गरिने भएको छ । उहाँ २०८१ भदौ १३ मा मुख्यसचिव नियुक्त भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस