आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको मूल्य भने बढ्यो

२०८२ मंसिर १५, सोमबार मा प्रकाशित ( २ महिना अघि) ३१०१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१५ मंसिर।

नेपाल आयल निगमले पेट्रोलियमको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने तथा हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टितेलको मुल्यमा साबिकको भन्दा प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । यस्तै, हवाई इन्धनको मुल्यमा (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंको लागि प्रति किलोलिटर ४२ अमेरिकी डलरले मूल्य बढाइएको हो ।

निगमले पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत् राखेको निगमद्वारा आइतबार जारी विज्ञेप्ति मार्फत जानकारी दिएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस