
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -१७ चैत ।
पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावको कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बादल र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा पनि आंशिक बादल लाग्ने जनाएको छ।
आज मंगलबार कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी भूभागका एक–दुर्ई स्थानमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै राति कोशी प्रदेशलगायत हिमाली क्षेत्रमा साधरणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।
साथै कोशी प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस