आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

नेपाली काँग्रेसमा बल्ल जुट्यो निर्वाचनअघि महाधिवेशनमा जाने सहमति

२०८२ मंसिर १७, बुधबार मा प्रकाशित ( २ महिना अघि) २७२९ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ -१७ मंसिर ।

मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीको साथमा नियमित महाधिवेशन गर्ने सहमति जुटेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म राजधानीमा गर्ने भन्ने सहमति जुटेको हो ।

महाधिवेशनको कार्यतालिका सहितको निर्णय भएसंगै आगामी फागुन २१ गते निर्धारित आमनिर्वाचन अघि वा पछि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सोमबार बसेको केन्द्रीय समितिको कांग्रेस बैठकमा सहमति भएको हो।

काँग्रेसका संस्थापन र इतर पक्षबीचमा आमनिर्वाचन अगाडि वा पछाडि विशेष की नियमित कुन महाधिवेशन गर्ने भन्ने विषयमा पार्टीभित्र निकै विवाद भएको थियो। महाविधेशनको कार्यतालिकाअनुसार कांग्रेसले क्रियाशील सदस्यता वितरण र वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई जनतामाझ पुग्नका लागि अवसरका रुपमा ग्रहण गर्ने प्रतिक्रिया दिएको छ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लामो प्रयासका बाबजुद सर्वसम्मत रुपमा महाधिवेशनको मिति तोक्न भएको सहमतिबाट पार्टीलाई बदलिएको समय बमोजिमको बनाउने प्रक्रियाको थालनी भएको बताउनु भएको छ।

“कांग्रेस अब महाविधेशनसँगै निर्वाचनको कुरालाई पनि सँगै लिएर गाउँ जान्छ, हामी बदलिएर आउँदै छौं र हामी मत लिनका लागि पनि आउँदै छौं भन्ने अभियान सँगसँगै सुरु हुने महामन्त्री शर्माको भनाई छ ।

यस्तै महामन्त्री शर्माले यो महाधिवेशन मात्रै होइन, अहिलेको जेनजी आन्दोलनको परिवर्तनप्रति कांग्रेस के भन्न चाहन्छ ? अहिलेका घटनाक्रम लगायतलाई कसरी बुझ्न चाहन्छ ?, कसरी बुझ्दछ? र आगामी दिनमा त्यस्तो अवस्था हुन नदिनलाई आफूलाई कसरी नयाँ अवधारणामा रुपान्तरण गर्न चाहन्छ ? भन्ने सन्देश पनि दिन चाहन्छौं।”

महामन्त्री शर्माले कांग्रेसको आगामी महाधिवेशन र निर्वाचनको सँगसँगैको अभियानले मुलुकलाई निर्वाचनमय बनाउने र यसले अन्ततः संविधानलाई ट्र्याकमा ल्याउनलाई निर्वाचनमार्फत ल्याउन बल पुर्‍याउने लक्ष राखिएको बताउनु भयो ।

महाधिवेशनको कार्यतालिकामा रहेको समयको व्यवस्थापन गर्न युद्धस्तरमा काम गर्ने उनको भनाई छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि प्रारम्भ भएको थियो। बैठकमा संस्थापनतिर पक्षधरले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गराएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस