आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भयो

२०८२ मंसिर १९, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) १७६८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१९ मंसिर ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

यस अर्थमा निर्वाचन आउन अब ९० दिन मात्रै बाँकी छ। यसरी निर्वाचनको मिति नजिकिँदै गरेकोले निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको हो। राजनीतिक दलहरूले बाहिर जति तोकिएको समयमा चुनाव सक्तैन भनेर व्यक्त गरेका भएतापनि दलहरुले निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक रुपमा भने तयारी तीव्र पारेका छन्।

आयोगले निर्वाचन अन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणाली तर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम अनुसार यही मङ्सिर २१ गते बिहान १० देखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा पनि निर्धारण गरेको छ। आयोगले निर्वाचन

े समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची यही मङ्सिर २४ गते प्रकाशित हुनेछ। निर्वाचनमा सहभागी हुन आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा निर्धारण गरिएको छ।

यसैगरी आगामी माघ ३० गते समानुपातिक उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्य तालिका तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो।

यस्तै प्रत्यक्षतर्फको निर्वाचन कार्य तालिका अनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेगरी तय गरिएको छ। उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ।

साथै आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते आफुले उम्मेदवारी दिएको नाम फिर्ता लिन सक्नेछन्। सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न समेत त्यसैदिन प्रदान गरिनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस