आज: २०८२ मंसिर २२, सोमबार | Mon, 08, Dec, 2025

आज स्वरसम्राट नारायणगोपालको ३५औँ स्मृति मनाईँदै

२०८२ मंसिर १९, शुक्रबार मा प्रकाशित ( ३ दिन अघि) १९८५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१९ मंसिर ।

स्वरसम्राट नारायणगोपालको ३५औँ स्मृति आज दिवस मनाइँदै छ। नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा परिचित छन्।

१९९६ असोज १८ मा काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपालले रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए। उनले ३० वर्षको गायनयात्रामा १३७ गीत गाएका छन्।

उनले साँस्कृतिक संस्थानका महाप्रबन्धक हुंदा बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। साँगेतिक क्षेत्रमा दार्जिलिङका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनी गित संगितमा उदाएका थिए ।

नगेन्द्र थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले धेरै गीत गाएका छन्।योञ्जन र नारायणगोपाले मित लगाएर दार्जिलिङबाट मित्रता बढाएको बताइन्छ।

‘ उनले स्वर भरेका नेपालको गित संगितमा कालाजरी गित बनेको स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘श्रद्धाको फूल चढाइदिनु’ ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘जीवनदेखि धेरै नै थाकेर म मुर्दा भएको’ ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘दुईटा फूल द्यौरालीमा’,लगायत थुप्रै गितहरु छन् ।

नारायणगोपालले तारादेवी, अरुणा लामा, दिलमाया खाती, मीरा राणा, ज्ञानु राणा, कमला श्रेष्ठ र भारतीय गायिका आशा भोसलेसँग केही युगल गीतहरु पनि गाएका छन् ।

मिठो र मर्मस्पर्शी गित गाएर हालसम्म कै इतिहाँसमा सबैको मनमुटुमा बसेका नारायणगोपालले आधुनिक गीतका साथै पार्श्वगायनमा समेत सबैले रुचाइएका गायक हुन्। परिवर्तन, सिन्दुर, बदलिँदो आकाश, लाहुरे, चोट, चिनो र दक्षिणा लगायत चलचित्रमा पनि उनको आवाज गुञ्जिएको छ ।

उनी गायन मात्रै नभइ कुशल स‌गीतकारको रुपमा पनि उत्तिकै परिचित छन् । उनले भक्तराज आचार्य, फत्तेमान र अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा मिठो गित गाउन लगाएर नेपाली गित संगितमा इतिहाँस कोरेका छन्। उनको संगीतमा लोचन भट्टराई र रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित छ।

यस गीतलाई उनले आफैँले गाएका थिए तर पछी उनी बिरामी हुदै गएपछी रेकर्डिङ गर्न नपाउँदै उनको निधन भयो । उनको त्यो अधुरो रहेको सपनालाई पछी यही गितलाई भट्टराई र ढकालले स्वर दिएका हुन् ।

यसरी स्वरसम्राट नारायणगोपालले गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्री लागायतका थुप्रै प्रतिष्ठित पुरस्कारहरु पाएका छन्। उनको निधन २०४७ मंसिर १९ गते भएको हो । उनको मृत्युपछी २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएको थियो।

नारायणगोपालको दार्जिलिङकी पेमला लामासँग विवाह भएपनि उनी निःसन्तान रहे। साथै उनकी पत्नी पेमलाको पनि २०६१ असार १६ मा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस